परदेशीको पीडा बोल्ने दसैँ गीत सार्वजनिक – Himalayan Dainik

परदेशीको पीडा बोल्ने दसैँ गीत सार्वजनिक


परदेशीको पीडा बोल्ने दसैँ गीत सार्वजनिक

काठमाडौँ  – सधैँ झैँ दसैँ सुरु नहुँदै संगीतकर्मीलाई दसैँ लागिरहेको छ। स्टुडियोमा धमाधम दसैँका गीत रेकर्डिङदेखि रिलिज हुने क्रम बढेको छ। यही क्रममा गायिका कल्पना सुनारले नयाँ दसैँ गीत ल्याएकी छिन्।

लोक विधामा रहेको ‘दसैं तिहार मनाउनु’ बोलको यस गीतमा घर आउन नपाएका परदेशीको पीडा बोल्छ। गीतमा कल्पनासँगै गायक अर्जुन सापकोटाको पनि स्वर छ। बाल स्वर भने प्रस्तुति गुरुङको छ। सबिन तामाङले लेखेको यस गीतमा मनोहर बस्यालले संगीत भरेका छन्। महेशविक्रम पाण्डेको सम्पादन र निर्देशन रहेको यस गीतको भिडियोमा गायक–गायिका स्वयंले अभिनय गरेका छन्।