अर्मेनिया र अजरबैजानबीचको झडपमा झण्डै एक सय सैनिकको ज्यान गयो – Himalayan Dainik

अर्मेनिया र अजरबैजानबीचको झडपमा झण्डै एक सय सैनिकको ज्यान गयो


अर्मेनिया र अजरबैजानबीचको झडपमा झण्डै एक सय सैनिकको ज्यान गयो

अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवादका कारण भएको पछिल्लो झडपमा दुई देशका गरी झण्डै एक सय सैनिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमवार राति भएको झडपमा आफ्ना ४९ सैनिकको ज्यान गएको पुष्टि गर्नुभएको छ । त्यस्तै अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकले ज्यान गुमाएको जानकारी दिएको छ । यी दुई देशबीच दुई वर्षपछि सीमा विवाद बल्झिएको हो ।

अजरबैजानका सेना आफ्नो सीमामा प्रवेश गरेपछि प्रतिकार गर्दा घटना भएको अर्मेनियाको दाबी छ । नागोरनो कोराबाख इलाकालाई लिएर बेलाबेला अर्मेनिया र अजरबैजानका सेनाबीच झडप हुँदै आएको छ । यो इलाकालाई अजरबैजानले आफ्नो दाबी गर्दै आएको छ ।

सन् १९९१ को अन्त्यमा सोभियत सङ्घको विघटन हुनुअघि यी दुई देश सोभियत सङ्घको हिस्साका रुपमा थिए ।