साफ यू – १७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने – Himalayan Dainik

साफ यू – १७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने


साफ यू – १७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

काठमाडौं – श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन् ।

कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथ श्रीलंका पुगेको छ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको हो । यस्तै भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

फाइनलअघि मंगलबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाल र भारत दुवैका प्रशिक्षकले फाइनल खेलका लागि तयार रहेको बताएका छन् ।नेपालले समूह चरणमा भारतलाई ३-१ ले पराजित गरेको थियो ।