थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त – Himalayan Dainik

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त


थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

काठमाडौं –  पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २२३२ रहेको छ ।