लगातार ६ दिनसम्म घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो – Himalayan Dainik

लगातार ६ दिनसम्म घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो


लगातार ६ दिनसम्म घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो

काठमाण्डौ – लगातार ६ दिनसम्म घटेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ३४ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढे पनि कारोबार रकममा भने धेरै सुधार आएको छैन । दुई सय ३१ वटा कम्पनीको ३१ लाख ४६ हजार कित्ता शेयर ९२ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैँकको पाँच करोड ९४ लाख र रिडी हाइड्रोको पाँच करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नबिल बैंक डिबेन्चरको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।