राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीले राजीनामा दिए – Himalayan Dainik

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीले राजीनामा दिए


राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीले राजीनामा दिए

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।