राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने – Himalayan Dainik

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने


राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

काठमाडौँ – राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो ।