बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए – Himalayan Dainik

बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए


बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए

काठमाडौँ – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ।

बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोजी कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया दिए।