‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसको आग्रह – Himalayan Dainik

‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसको आग्रह


‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)को नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ ।

रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको ‘सरोज नगर हल्ट’को नाम परिवर्तन गरिएको छ ।

“सहिदहरुको योगदानलाई सम्झिन स्थापना गरिएको ती हल्टको नाम परिवर्तन गर्ने काम भएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ”, कांग्रेसका नेता डा शेखर कोइरालाले भने, “यो सहिद प्रतिको अपमान हो”, यसलाई कदापि स्वीकार गर्न सकिँदैन ।”

रेलमार्ग स्थापनाको समय धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा सहिद कामेश्वर–कुशेश्वर हल्ट र बिदेह नगरपालिकाको दुहवीमा सहिद सरोजनगर हल्ट स्थापना गरिएको थियो ।