‘जनताको साथमा कांग्रेस’ कार्यक्रम समापन गर्न प्रधानमन्त्री देउवा चितवनमा – Himalayan Dainik

‘जनताको साथमा कांग्रेस’ कार्यक्रम समापन गर्न प्रधानमन्त्री देउवा चितवनमा


‘जनताको साथमा कांग्रेस’ कार्यक्रम समापन गर्न प्रधानमन्त्री देउवा चितवनमा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन ।

बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन गएका हुन । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन्। यससँगै दिउँसो विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । देउवासँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् ।