सिट बाँडफाँट आजै टुंग्याउँने प्रचण्डको दाबी  – Himalayan Dainik

सिट बाँडफाँट आजै टुंग्याउँने प्रचण्डको दाबी 


सिट बाँडफाँट आजै टुंग्याउँने प्रचण्डको दाबी 

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने दाबी गरेका छन । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।

नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।

संविधानको रक्षाको लागि गठबन्धन बनाइएको भन्दै प्रचण्डले त्यसको आवश्यकता अहिले पनि रहेको बताए ।