नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु – Himalayan Dainik

नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु


नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु

काठमाडौँ –  नेपालमा पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।

आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, निर शाहा, सुगम पोख्रेल रहेका छन् । साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरी शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी सो हरेक शनिबार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुने छ ।

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाएर [email protected] मा पठाउनुपर्नेछ अडिसन भादौ २९ गतेसम्म खुल्ला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी देखि जस्तोसुकै प्रतिभापनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्लारुपमा अडिसन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अवसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।