प्रदेश नं. १ साक्षर प्रदेश घोषणा – Himalayan Dainik

प्रदेश नं. १ साक्षर प्रदेश घोषणा


प्रदेश नं. १ साक्षर प्रदेश घोषणा

काठमाडौँ – प्रदेश सरकारले प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गरेको छ ।

आज प्रदेश राजधानी विराटनगरमा एक कार्यक्रम गरी साक्षर प्रदेश घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे ।

प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कतिपय जिल्लाहरूमा भने साक्षरता प्रतिशत कम देखिएको छ ।