आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै – Himalayan Dainik

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौँ  – आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ नेपालमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन आज गर्ने भएको छ  ।