रुसले नियन्त्रणमा लिएको केही बस्तीमा आफूले कब्जा जमाएको युक्रेनको दाबी – Himalayan Dainik

रुसले नियन्त्रणमा लिएको केही बस्तीमा आफूले कब्जा जमाएको युक्रेनको दाबी


रुसले नियन्त्रणमा लिएको केही बस्तीमा आफूले कब्जा जमाएको युक्रेनको दाबी

रुसले नियन्त्रणमा लिएका केही बस्तीमा आफूले नियन्त्रण गरेको युक्रेनले दाबी गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका हुन । तर ,युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुन ठाउँहरू आफ्नो पकडमा आएका हुन् भन्ने बारेमा नखुलाएको समाचारमा उल्लेख छ ।

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ । तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी नदिएका बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूले युक्रेनले रुसी सेनाहरू विरुद्ध बिस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको बताएका छन् ।