चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो – Himalayan Dainik

चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो


चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो

काठमाडौँ –   चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।

पछिल्लो विवरण अनुसार गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको छ भने १४ जना बेपत्ता भएका छन् । सो क्षेत्रमा अरु १७० जना घाइते भएका बताइएको छ । यान सहरमा ३४ जनाको मृत्यु भएको छ भने अरु १२ जना बेपत्ता भएका छन् ।