विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखभन्दा बढीले गुमाए ज्यान – Himalayan Dainik

विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखभन्दा बढीले गुमाए ज्यान


विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखभन्दा बढीले गुमाए ज्यान

काठमाडौँ – विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ ।