काठमाडौँ – कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारामा गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उनकी ४८ वर्षीया भाउजू राधा घाइते भएकी छन् ।
भट्टराईले चलाएको लु २९ प ४०४२ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी सवा ७ बजे गाईसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भट्टराईको चारनम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।