एमाले पोलिटब्‍यूरो सदस्य सिग्देलले गरे उम्मेदवार नबन्ने घोषणा – Himalayan Dainik

एमाले पोलिटब्‍यूरो सदस्य सिग्देलले गरे उम्मेदवार नबन्ने घोषणा


एमाले पोलिटब्‍यूरो सदस्य सिग्देलले गरे उम्मेदवार नबन्ने घोषणा

काठमाडौँ –  नेकपा एमालेका पोलिटब्‍यूरो सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देलले यस पटकको कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

दमौलीमा भएको एमाले तनहुँको जिल्ला कमिटिको बैठकमा सिग्देलले आफू यस पटक कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । २०५६ को आम निर्वाचन र २०७० को दोश्रो संविधान सभाको निर्वाचनमा सिग्देल तनहुँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।