१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै – Himalayan Dainik

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै


१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै

काठमाडौँ – गृह मन्त्रालयले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको हो ।

मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म्यादी प्रहरीको आवेदनका लागि पत्रिकामा सूचना प्रकाशित गर्नेछ । त्यसपछि भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, असोज ९ देखि १४ गतेभित्र छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ भने नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने कार्यविधिमा उल्लेख छ ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।