झापा-५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस – Himalayan Dainik

झापा-५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस


झापा-५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

मंसिर ४ हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको एकल नाम सर्वसम्मत सिफारिस गरिएको एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए । दमक पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।

एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका ओली सातौं पटक झापा ५ बाट उठ्न लागेका हुन्।