पार्टीविरूद्ध फेसबुकमा स्टाटस लेखेपछि रवि लामिछाने सभापति रहेको पार्टीका हेटौंडा संयोजक न्यौपाने निलम्बनमा – Himalayan Dainik

पार्टीविरूद्ध फेसबुकमा स्टाटस लेखेपछि रवि लामिछाने सभापति रहेको पार्टीका हेटौंडा संयोजक न्यौपाने निलम्बनमा


पार्टीविरूद्ध फेसबुकमा स्टाटस लेखेपछि रवि लामिछाने सभापति रहेको पार्टीका हेटौंडा संयोजक न्यौपाने निलम्बनमा

काठमाडौँ – पार्टीविरूद्ध फेसबुकमा स्टाटस लेखेपछि रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडा उपमहानगरपालिका समितिका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरेको छ।

न्यौपानेले पार्टीको सिद्धान्त, विचार र धारणा तथा नीतिविपरीत हुने गरी स्टाटस लेखेको भन्दै महामन्त्री मुकुल ढकालले भदौ १९ मा निलम्बन गरिएको पत्र पठाएका हुन्।

‘पार्टीको छविलाई बदनाम गर्ने कार्य गरेको र सम्बन्धित बागमती प्रदेश समिति समेतबाट न्यौपानेविरूद्ध उजुरी आएकोले सदस्यता र कायम रहेको पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ,’ उनले भनेका छन्।

न्यौपाने साउन २७ मा मात्रै हेटौंडा नगर संयोजक भएका थिए।

न्यौपानेले पार्टी सिद्धान्तविहीन भएको पनि फेसबुकमा लेखेका छन्।

‘लामिछानेको गोजीको सिद्धान्त मानिदिनुपर्ने के हामी २१ औं शताब्दीका मुर्ख नेपाली हौंरु’ उनले आरोप लगाउँदै स्टाटस लेखेका छन्।