भारतीय सेनाध्यक्ष पाण्डेद्वारा चार वटा घोडासहित २२ करोड ३८ लाखको सैनिक सामग्री हस्तान्तरण – Himalayan Dainik

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा चार वटा घोडासहित २२ करोड ३८ लाखको सैनिक सामग्री हस्तान्तरण


भारतीय सेनाध्यक्ष पाण्डेद्वारा चार वटा घोडासहित २२ करोड ३८ लाखको सैनिक सामग्री हस्तान्तरण

काठमाण्डौ – भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णण अनुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उनले सामग्री हस्तान्तरण गरेका हुन ।

समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपुर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने गाडी (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।