प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक – Himalayan Dainik

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक


प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा  आज  बिहान  मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो ।

धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।