भारतीय सेनाध्यक्ष टुँडिखेलस्थित सैनिक मञ्चमा – Himalayan Dainik

भारतीय सेनाध्यक्ष टुँडिखेलस्थित सैनिक मञ्चमा


भारतीय सेनाध्यक्ष टुँडिखेलस्थित सैनिक मञ्चमा

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे टुँडिखेलस्थित सैनिक मञ्चमा पुगेका छन् । सैनिक मञ्च टुँलिखेलमा पाण्डेले वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । आजै उनले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन् । सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आज दिउँसो ३ बजे उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौं आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् ।