ईन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल २४ घण्टाभित्र हटाइसक्नुपर्ने – Himalayan Dainik

ईन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल २४ घण्टाभित्र हटाइसक्नुपर्ने


ईन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल २४ घण्टाभित्र हटाइसक्नुपर्ने

काठमाडौं – काठमाडौंको अति व्यस्त ईन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसलहरू आगामी २४ घण्टाभित्र हटाइसक्नुपर्ने भएको छ ।

अवैध संरचना हटाउने र फुटपाथमा व्यापार गर्न नदिन तीव्र रूपमा अग्रसर हुँदै आएको काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिँदै पसल हटाउन आग्रह गरेको हो ।

महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा पसलहरू सञ्चालन गर्न नपाइने उल्लेख गर्दै त्यस्ता पसल हटाउने अभियान नै चलाइरहेको छ ।