चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते नेपाल आउँदै – Himalayan Dainik

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते नेपाल आउँदै


चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते नेपाल आउँदै

काठमाण्डौ – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आउँदो २७ गते नेपाल आउने भएका छन । अध्यक्ष चान्सु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने भ्रमणमा लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणमा आउन लागेका चान्सु चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरीयतामा रहेका छन । भ्रमणका क्रममा चान्सु र सभामुख सापकोटाबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।

यस्तै चान्सुले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।