निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर छ : प्रधानमन्त्री – Himalayan Dainik

निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर छ : प्रधानमन्त्री


निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् ।

आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी कार्यालयहरुमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई विना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए। उनले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहेको औंल्याए ।

प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समयसापेक्ष गर्ने प्रयास हुने प्रतिबद्धता जनाए ।