‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्ड पक्राउ – Himalayan Dainik

‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्ड पक्राउ


‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्ड पक्राउ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्।

मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा ग्रुप फोर सेक्युरिटीका सुरक्षागार्ड शेरजंग कुँवर छन्। उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ।

छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए।