मन्त्री खाँणद्वारा छपियामा १५ शय्याको अस्पताल शिलान्यास – Himalayan Dainik

मन्त्री खाँणद्वारा छपियामा १५ शय्याको अस्पताल शिलान्यास


मन्त्री खाँणद्वारा छपियामा १५ शय्याको अस्पताल शिलान्यास

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले रूपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल शिलान्यास गरेका छन् ।

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने क्रम अनुरूप रूपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ ।

अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले सरकारले नागरिकको स्वास्थ्यलाई विषेश ख्याल गर्दै एक पालिका एक अस्पतालको अवधारण ल्याएको बताए । मन्त्री खाँणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामी दुई वर्ष पछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाँउ जान नपर्ने उल्लेख गरे ।