सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने – Himalayan Dainik

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने


सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

काठमाडौं –  सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको छ ।

शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेताले जानकारी दिए ।

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको बताइएको छ । यस अघि बिहीबार सत्ता गठबन्धनको बैठकमा सिट बसेको थियो तर भागबण्डामा सहमति जुट्न सकेको थिएन । यसैले आज पुन: छलफलका लागि नेताहरुलाई डाकिएको बताइएको छ ।