दाङमा टिकटक बनाउने क्रममा भिरबाट खसेर एक जनाको ज्यान गयो – Himalayan Dainik

दाङमा टिकटक बनाउने क्रममा भिरबाट खसेर एक जनाको ज्यान गयो


दाङमा टिकटक बनाउने क्रममा भिरबाट खसेर एक जनाको ज्यान गयो

काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसीको टिकटक बनाउने क्रममा भीरबाट खसेर मृत्यु भएको छ ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए ।

मृतक केसी रा ५ ६प ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए ।
मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।