सुनको भाउ ६ सय रुपैयाँले बढ्यो – Himalayan Dainik

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो


सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ –  हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

तोलामा आज सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।