कोरोना सङ्क्रमणबाट एकैदिन तीन जनाको मृत्यु, थप २०६ जनामा सङ्क्रमण पुष्टि – Himalayan Dainik

कोरोना सङ्क्रमणबाट एकैदिन तीन जनाको मृत्यु, थप २०६ जनामा सङ्क्रमण पुष्टि


कोरोना सङ्क्रमणबाट एकैदिन तीन जनाको मृत्यु, थप २०६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको २ हजार ८६९ जनाको नमूना परीक्षणबाट २०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५९५ जनाको आरटी–पीसीआर गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार ६६० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८२ हजार ७६४ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ३ हजार ५५७ जनाको नमूना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन २१५ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।