विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री - Himalayan Dainik

विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री


विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।

आज बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवसरहीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बतााएका हुन । कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए ।

उनले भने, ‘कुनै पनि देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ । विश्वविद्यालयले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ ।’

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे । उनले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका समस्यालाई आपसी संवादमा समाधान गर्नुपर्ने उनको भनाइ छ ।