भरतपुर महानगर द्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित – Himalayan Dainik

भरतपुर महानगर द्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित


भरतपुर महानगर द्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित

भरतपुर – अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अबसरमा भरतपुर महानगरपालिकाले महानगर भित्र सक्रिय रुपमा कार्य गर्दै आएका विभिन्न सामाजिक संघसस्थाहरुलाई सम्मान गरेको छ ।

यसै अन्तरगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रुपमा सामाजिक कार्यक्रम एबम रगत ब्यबस्थापन कार्यमा पुर्याएको अतुलनीय मानवीय एबम सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै एक कार्यक्रम मार्फत सम्मान गरेको छ । कार्यक्रममा भरतपुर महानगरपलिका प्रमुख रेणु दाहाल , नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल , एबम महानगरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साथै भरतपुर महानगर युवा संजाल र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा रक्तदान कार्यक्रम सप्पन्न भएको थियो।
कार्यक्रमको प्रमुख आतिथ्य गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल ज्युले विभिन्न सङसस्थाबाट उपस्थित हुनुभएका प्रतिनिधिहरुलाई सम्मान पत्र एबम खादा द्वारा बधाई एबम सुभकामना ब्यक्त गर्नुभएको छ ।