नेपाली कांग्रेस प्रदेश नं. १ मा गुरुराज घिमिरेलाई २ मतले हराउँदै संस्थापन पक्षका उद्धव थापा विजयी – Himalayan Dainik

नेपाली कांग्रेस प्रदेश नं. १ मा गुरुराज घिमिरेलाई २ मतले हराउँदै संस्थापन पक्षका उद्धव थापा विजयी


नेपाली कांग्रेस प्रदेश नं. १ मा गुरुराज घिमिरेलाई २ मतले हराउँदै संस्थापन पक्षका उद्धव थापा विजयी

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन्।

संस्थापन पक्षलाई दरो चुनौति दिन सफल भए पनि गुरुराज घिमिरे २ मतले पराजित भए । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार, थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन्।

कोइराला पक्षको गढ मानिएको प्रदेश १ मा थापाको विजयीले राजनीतिमा नयाँ तरङ पैदा गरेको छ ।

थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका तर्फबाट तथा घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला पक्षका तर्फबाट प्रदेश सभापतिमा उठेका थिए।

प्रदेश सभापतिमा निर्वाचित थापा कांग्रेस झापाका पूर्व सभापति हुन् भने घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्।

महामन्त्रीमा उमेश थापा ९८२३० र भूपेन्द्र राई ९८२४० विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्।

यस्तै, सहमहामन्त्री ९महिला०तर्फ प्रमिलाकुमारी गच्छदार ९८३७०, सहमहामन्त्री ९खुला०तर्फ खड्ग फागो ९१०२६० र विनोदकुमार बस्नेत ९७४७० विजयी भएका छन्।