आजको सुनचाँदीको मूल्य – Himalayan Dainik

आजको सुनचाँदीको मूल्य


आजको सुनचाँदीको मूल्य

काठमाडौँ – आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।