कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र प्रयोग गरीने – Himalayan Dainik

कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र प्रयोग गरीने


कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र प्रयोग गरीने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ ।

मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ । ‘उत्साह, एकता, रुपान्तरण स् सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।