मल्टिस्टार चलचित्र ‘लाखे’का लागि नयाँ कलाकारको खोजी – Himalayan Dainik

मल्टिस्टार चलचित्र ‘लाखे’का लागि नयाँ कलाकारको खोजी


मल्टिस्टार चलचित्र ‘लाखे’का लागि नयाँ कलाकारको खोजी

काठमाडौं – चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर चलचित्र बनाउन लागेका हुन् ।

चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायत कलाकार फाइनल भएका छन् ।

चलचित्रका लागि अझै केही कलाकार छनोटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनोट हुने निर्देशक बस्नेतले बताए । ‘प्रतिभा भएर पनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले चलचित्र क्षेत्रमा नयाँ तथा प्रतिभावान व्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ चलचित्रको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको उनको भनाइ छ ।

निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिने छ ।