खुकुरी रमको नयाँ प्याकेजिङका पाँच विशेषताले तान्यो ग्राहकको ध्यान ! – Himalayan Dainik

खुकुरी रमको नयाँ प्याकेजिङका पाँच विशेषताले तान्यो ग्राहकको ध्यान !


खुकुरी रमको नयाँ प्याकेजिङका पाँच विशेषताले तान्यो ग्राहकको ध्यान !

काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरूको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीहरूको ध्यान तान्न थालेको छ ।

विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरूले अन्तर्राष्ट्रिय स्तरको स्वरूपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरू दिइरहेका देशभर छरिएका रहेका रमका बिक्रेताहरूले बताएका छन् ।

रम पारखीहरूमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताहरूको विषयमा समेत कौतुहुलता देखिएको छ । किनभने, नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरू थपिएका छन् ।

द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरूको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनको भनाइ छ ।

यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरूलाई शतप्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनको तर्क छ । नयाँ प्याकमा एकअर्काको पूरकको रूपमा रहेको खुकुरीले नेपालीहरूको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरू उत्साहित देखिएका बिक्रेताहरू बताउँछन् । उनीहरूले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरूका लागि यसलाई अझ विशेष बनाउने काम गरेको लामिछाने बताउँछन् ।

उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रूपमा ध्यान दिइएको उल्लेख गरे ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरूको मनमा एकछत्र राज गरिरहेको छ ।