एक हजार महिलालाई रोजगारी दिने : ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुरू – Himalayan Dainik

एक हजार महिलालाई रोजगारी दिने : ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुरू


एक हजार महिलालाई रोजगारी दिने : ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुरू

काठमाडौँ – एकहजार नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिमको सुरूवात भएको छ ।

नेपाल विश्वकर्मा आर्टस् एण्ड क्राफ्ट्स प्रालि, बौद्धले बुधवारदेखि उक्त तालिमको सुरूवात गरेको हो । कपडामा विभिन्न रङ्गका धागोले इम्ब्रोइडरी गरी बनाइने थाङ्का तालिमको उद्घाटनका लागि चीनका प्रशिक्षकहरू भर्चुअल माध्यमबाट जोडिनुभएको हो । सो प्रालिमार्फत चीनका प्रशिक्षकहले नेपाली महिला÷किशोरीलाई तालिम दिएर उत्पादन भएका सामग्री बजारीकरणका लागि चीनियाँ नागरिक ढोमा घ्यापले सहकार्य गर्ने नेपाल विश्वकर्मा आर्ट्स प्रालिका व्यवस्थापक दावा लामाले जानकारी दिनुभयो ।

उहाँले हातले कपडामा बुट्टा भर्ने यस तालिममा सहभागीलाई ६ महिनासम्म प्रशिक्षण दिने बताउनुभयो । काम सिकेपछि कार्यालयमा आएर काम गर्न चाहनेका लागि रोजगारी दिने र नचाहनेले घर–घरमै आफ्नो घरायसी काम सकेर बुनेर दिन सक्छन्, त्यसको उचित मुल्य पाउने लामाले बताउनुभयो ।

थाङ्का बनाउन कच्चा पदार्थ पनि कम्पनीले नै व्यवस्था गर्ने व्यवस्थापक लामाले बताउनुभयो । कोभिड–१९ सुरू हुनुभन्दा अगाडि नै तालिम दिने तयारी गरिएकोमा महामारीका कारण रोकिएकोले बुधवार तालिमको उद्घाटन गरिएको प्रालिले जनाएको छ ।