सीपी मैनाली राप्रपामा आए स्वागत : नेता चन्द – Himalayan Dainik

सीपी मैनाली राप्रपामा आए स्वागत : नेता चन्द


सीपी मैनाली राप्रपामा आए स्वागत : नेता चन्द

काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले मालेका महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गरिने बताउनुभएको छ । नेता चन्दले काठमाण्डौमा पार्टीको एकता महाधिवेशन उद्घाटनका क्रममा आज बुधवार यस्तो बताएका हुन् ।

‘यहाँ सीपीजी राप्रपाको अध्यक्ष हुन चाहनुहुन्छ कि भन्ने कुरा पनि आयो, उहाँ आउनुभयो भने हामी स्वागत गर्छौँ’, चन्दले भने ।

यसअघि यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘मैनालीलाई राप्रपाको अध्यक्ष बन्न आउनुभएको हो कि’ भन्दै कटाक्ष गरेका थिए । त्यस्तो जवाफमा नेता चन्दले मैनाली आफ्नो पार्टीमा आए स्वागत गरिने बताएका हुन्।

आजदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशन पर्सि शुक्रवारसम्म चल्नेछ । आगामी अध्यक्षको रुपमा कमल थापा र राजेन्द्र लिङदेनले दावी गर्दै आएका छन् ।