अमेरिकामा १५ बर्षीय बालकले गोली चलाउँदा तीन जनाको मृत्यु – Himalayan Dainik

अमेरिकामा १५ बर्षीय बालकले गोली चलाउँदा तीन जनाको मृत्यु


अमेरिकामा १५ बर्षीय बालकले गोली चलाउँदा तीन जनाको मृत्यु

एजेन्सी, १५ मंसिर – अमेरिकाको मिशिगन शहरस्थित एक विद्यालयमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत गरी आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी रहेका छन् । प्रहरीका अनुसार १५ बर्षीय एक बालकले सेमी–अटोमेटिक ह्यान्डगनबाट गोली चलाउँदा यो घटना भएको हो ।

डेट्रोयटबाट लगभग १५ मिल टाढा अक्सफोर्ड शहरमा गरिएको हमलाको पछाडि हमलाकर्ताको उद्देश्य के थियो रु भन्ने स्पष्ट हुन सकेको छैन ।

अकल्याण्डका स्थानीय अधिकारी माइक मेककेबेले मंगलबार अक्सफोर्ड हाई स्कूल बाहिर एक पत्रकार सम्मेलनमा आपतकालीन सेवाका लागि स्थानीय समयानुसार १२ः५१ मा फोन आएको जानकारी दिए । संदिग्ध विद्यार्थीले प्रहरी आएको पाँच मिनेट भित्रै आत्मसमर्पण गरेको सिएनएनले जनाएको छ ।