काठमाडौं, १५ मंसिर – सर्वोच्च अदालतले आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ ।
सबै न्यायाधीशहरू भेला भई गोला तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने बताए ।