मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै – Himalayan Dainik

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै


मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

सुर्खेत, १५ मंसिर- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो । एमालले चितवनमा जारी पार्टीको दशौं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा उपस्थिती नजनाएको हो ।

यसैबीच, कर्णली प्रदेश मन्त्री परिषद्मा एक जना मन्त्री थप गरिएको छ । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री विष्टले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिनु भएको छ ।