पल संसारकै आकर्षक पुरुष – Himalayan Dainik

पल संसारकै आकर्षक पुरुष


पल संसारकै आकर्षक पुरुष

न्युयोर्क – संसारका सबैभन्दा आकर्षक पुरुषको नाम सार्वजनिक भएको छ । ‘फ्रेन्ड्स’ टिभी शोबाट चर्चामा आएका पल रडलाई पिपल म्यागजिनले संसारको सबैभन्दा आकर्षक पुरुष घोषणा गरेको हो । पल हलिउडका विभिन्न सुपरहिट फिल्म र टिभी शोका हिस्सा भइसकेका छन् ।

रडले सुपरहिट टिभी शो ‘फ्रेन्ड्स’ मा फुबे बुफेका श्रीमान् माइक हेनिगनको भूमिका निभाएका छन् । सन् १९९० को दशकमा थुप्रै हिट हलिउड फिल्ममा अभिनय गरेपछि रडले अन्ततः आफूलाई मार्वल सुपरहिरो एन्ट म्यानको रुपमा पुनः स्थापित गरे र एभेन्जर फिल्मका हिस्सा बने ।

हालको समयमा उनलाई सुपरहिरो एन्टम्यानको रुपमा संसारभरी चिनिन्छ । रड पिपल म्यागजिनको नयाँ संस्करणको फ्रन्ट पेजमा देखिएका छन् । जब उनलाई म्यागजिनको कभर बोय बन्नेबारे बोल्न भनियो, तब उनले भने, ‘मलाई थाहा छ कि मानिसहरुले के सोच्छन्, मलाई यसका लागि छानिएको छ भनेर मानिसहरूलाई थाहा हुँदा उनीहरूले भन्नेछन्, ‘के रे ?’

अभिनेताले थपे, ‘यो झुटो विनम्रता होइन । मलाई साँच्चै यस्तो लाग्छ कि मलाईभन्दा अघि यो सम्मान धेरैलाई दिइनुपर्छ । ’

कमैलाई थाहा होला कि रडले १८ वर्षको उमेरमा विवाह गरेका थ्एि । उनका दुई सन्तान छन् । उनका छोरा ज्याक १७ वर्ष पुगिसकेका छन् भने डार्बी १२ वर्षका भए । एक सफल कलाकार हुनुका साथै रड एक सफल पिता र श्रीमान् पनि हुन् ।