इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग वेस्ट ह्याम पराजित – Himalayan Dainik

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग वेस्ट ह्याम पराजित


इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग वेस्ट ह्याम पराजित

लण्डन, १३ मंसिर – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएको छ ।

सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एकरएक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल गरे ।

जितसँगै सिटी १३ खेलमा २९ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यस्तै, गएराति भएको अर्को खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ भने ब्रेन्टफोर्डले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ ।बर्नली र टोटेनह्यामको खेल भने स्थगित भएको छ ।