सौराहा, १४ मंसिर – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले चितवनको सौराहमा मतदान गर्ने क्रम जारी छ ।
सौराहस्थित सेभेन स्टार होटेल परिसरमा विद्युतीय माध्यमबाट महाधिवेशन प्रतिनिधिहररूले मतदान गरिरहेका छन् । मंगलबार बिहान ९ बजेसम्म करिब एक हजार ६०० जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार अझै ५०० बढीले मतदान गर्न बाँकी छ । एमाले महाधिवेशनमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
मतदानलगत्तै मतगनणा कार्य अघि बढ्ने निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिएका छन् । उनले आजै मतदानको परिणाम सार्वजनिक गर्दै महाधिवेशनको विधिवत समापन गरिने दाबी गरेका छन् ।