रक्तचन्दनको तेलसहित एक जना पक्राउ – Himalayan Dainik

रक्तचन्दनको तेलसहित एक जना पक्राउ


रक्तचन्दनको तेलसहित एक जना पक्राउ

काठमाडौँ, १४ मंसिर – काठमाडौँको महाँकालबाट प्रहरीले रक्तचन्दनको तेलसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बा.७ च ४११० नम्बरको कारमा सवार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।